मदन भण्डारी जसले नेपालमा संचालन भएको शासन व्यवस्थालाई परिवर्तन गर्नका लागि निकै ठूलो योगदान पर्याए
हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना आउने गर्दछ । एमाले नेता मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु
तर त्यसको अहिलेसम्म बास्तबीक छानवीन हुन सकेको छैन् । किन भएन कसले गरेन् यो चर्को बहसको बिषय बन्ने गर्दछ एकदिन मात्र आज २० बर्ष भैसक्यो प्रत्येक बर्ष जेठ ३ गते मात्र उठ्ने यो बिषयले मदन भण्डारीमाथी निकै ठूलो अन्याय गरिएको महसुस हुने गर्दछ ।
प्रश्न २० वर्षदेखि अनुत्तरित छ । उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् । के यो उत्तर विनाको प्रश्न हो ? दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि त्यसको पाँचवर्षपछि हत्या हुनुले पनि घटना पक्कै रहस्यमय भएको भन्नेमा दुबीदा देखिदैन् ।
हत्याको छानविनका लागि पटक पटक आयोग पनि बने । तर, कुनै पनि आयोगले छानविन गर्न सकेनन् ।
एउटै हत्याकाण्डका लागि चार–चार वटा आयोग गठन भए । तर, कसैले पनि दोषी किटान गर्न सकेनन् । जब जेठ ३ गते आउँछ, तब एमालेले यो रहस्यमय काण्डको छानविनको माग गर्छ त्यसपछि भने कानमा तेल हालेर सुत्ने बाहेक अरु काम हुँदैन् । सम्झनामा मात्रै समिति गरिएको मदन भण्डारी हत्या काण्ड जस्तै उनले अंगालेको बाटो समात्नेहरु पनि उनको नाममा सत्तामा मात्र पुग्ने हुन् कि जस्तो भान भैरहेको छ ।








